मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ३ शुक्रबार १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयका २६ गाडीमा आगजनी, ३० भन्दा बढी मोटरसाइकल पनि जले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १९:२७:oo

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट गृह मन्त्रालयका करिब ६० सवारीमा क्षति पुगेको छ। आन्दोलनकारीहरू सिंहदरबार छिरेर अन्धाधुन्ध तोडफोड र आगजनीमा उत्रिँदा मन्त्रालयहरूमा ठुलो क्षति भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनकारीहरूले मन्त्रालयका २६ गाडीमा आगजनी गरेका छन्। त्यस्तै, ३० भन्दा बढी मोटरसाइकलमा पनि आगो लगाइदिएका छन्।

आन्दोलनकारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, स्वास्थ्य, शिक्षालगायत मन्त्रालयमा ठुलो क्षति पुर्‍याएका छन्। अहिले प्रधानमन्त्री कार्यालयमार्फत क्षतिको एकीकृत विवरण संकलन थालिएको छ।