मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार २२:१२:oo
Read Time : < 1 मिनेट
समाचार

सैनिक ब्यारेकबाट डेरामा सरे ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार २२:१२:oo

आन्दोलनबाट सत्ताच्यूत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट निस्किएका छन्। बिहीबारदेखि उनी गुन्डुस्थित एक भाडाको घरम बस्न थालेका छन्।

सूर्यविनायक–७, गुन्डुस्थित सो घर एमालेकै नेता महेश बस्नेतले ओलीका लागि भाडामा लिएका हुन्। बिहीबार उनलाई त्यहाँ एमाले कार्यकर्ताले स्वागत गरेका थिए। बालकोटस्थित घर पुनर्निर्माण नभएसम्म ओली त्यहीँ बस्ने भएका छन्। आन्दोलनकारीले बालकोटस्थित उनका दुवै घर जलाएका थिए। 

सरकारविरोधी आन्दोलन सुरक्षा निकायको नियन्त्रणबाहिर पुगेपछि गत २४ भदौमा उनले राजीनामा दिएका थिए। प्रधानमन्त्रीनिवासबाट सेनाले उनको उद्धार गरेको थियो। त्यसयता उनी सैनिक ब्यारेकमा बस्दै आएका थिए। 

१० दिनसम्म पनि जेन-जी आन्दोलनको विषयमा ओलीले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। शुक्रबार संविधान दिवसको असरमा उनको समेत उपस्थितिमा एमालेले संविधान दिवस मनाउने तयारी गरेको छ।