मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार २१:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौंका एसएसपीसहित दर्जन अधिकृत फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार २१:५४:oo

जेन-जीको आन्दोलनपछि काठमाडौं प्रहरीभित्र प्रमुखसहित व्यापक फेरबदल भएको छ। परिसरको प्रमुखमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ। यसअघि एसएसपी विश्व अधिकारी खटिएका थिए। 

त्यस्तै, परिसरमा कार्यरत दुवै एसपी अपिलराज बोहरा र कुलदीप चन्दको पनि सरुवा भएको छ। परिसरमा एसपी पवन भट्टराईलाई जिम्मेवारी दिइएको छ। पाल्पाको प्रहरी प्रमुखको रूपमा कार्यरत रहेका भट्टराईलाई आन्दोलनपछि खटाइएको हो। उनी भिड नियन्त्रणमा अनुभवी अधिकृतका रूपमा चिनिन्छन्। 

त्यस्तै, उपत्यकाका वृत्त प्रमुखहरू पनि फेरिएका छन् । बुधबार ९० डिएसपीको सरुवा हुँदा उपत्यकाका ६ वृत्तका प्रमुख फेरिएका हुन्। दरबारमार्ग वृत्तमा नारायण डाँगी, स्वयम्भूमा मोहनमणि अधिकारी, बौद्धमा सन्तोष रोका, जगातीमा चञ्चला श्रेष्ठ, मालीगाउँमा धनबहादुर बोहरा, गौशालामा प्रकाश श्रीमलको सरुवा भएको छ । त्यस्तै, नगर प्रहरीमा काठमाडौं परिसरमा कार्यरत डिएसपी प्रल्हाद कार्कीको सरुवा भएको छ।