मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका विराटनगर
२o८२ असोज २ बिहीबार १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक किनारामा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुईजनाको मृत्यु, २१ घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १४:o४:oo

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ३, पुलचोकमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार बिहान साढे नौ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बस  बिग्रिएर सडकछेउमा रोकेर राखिएको ना.६ ख ३७३३ नम्बरको ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा  बसमा सवार यात्रुहरू  दुईजनाको मृत्यु भएको हो भने २१ जना घाइते भएका हुन्। 

दुर्घटनामा घाइते भएर उपचारका क्रममा अस्पतालमा मृत्यु भएका एकजना महिला र एकजना पुरुषको सनाखतको प्रक्रिया भइरहेको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।