मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार १४:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

यी हुन् आज नेगेटिभ सर्किट लागेका कम्पनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १४:३७:oo

जेन–जी आन्दोलनपछि बन्द भएर आज बिहीबारदेखि पुनः काराेबार सुरु भएकाे सेयर बजार लगातार तीनपटक नेगेटिभ सर्किट लागेसँगै आज पनि बन्द भएको छ। खुलेको दुई मिनेटमै चार प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो।

त्यसपछि खुलेको नेप्से परिसूचक पाँच प्रतिशतले घटेर दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो। तेस्रोपटक खुलेको बजारमा  पनि (१२ बजेर ६ मिनेट) जाँदा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आजको कारोबार बन्द भएको हो।

समग्रमा आज नेप्से परिसूचक ६ प्रतिशत (१६० अंक)ले घटेको छ। घटेको बजारमा आज आठ कम्पनीका सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

उन्नती सहकार्य लघुवित्त, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

यसैगरी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.९९ प्रतिशतले घटेको छ।