
सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ। द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।
समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र गुन्यु चोलो – द ड्रेसु र अञ्जिला प्राप्त भएका थिए। दुवै चलचित्रको गहन मूल्यांकनपश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो।
‘अञ्जिला’ अब ९८औँ ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ।