मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
लन्डन
२o८२ असोज २ बिहीबार o९:४o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्प बेलायतको राजकीय भ्रमणमा, लन्डनका मेयरसहित धेरैले गरे विरोध

Read Time : < 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o९:४o:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प बेलायतको राजकीय भ्रमणका लागि मंगलबार साँझ लन्डनमा अवतरण गरे । बेलायतमा ट्रम्पले राजा चाल्र्सले आयोजना गर्ने कार्यक्रमका अतिरिक्त सैन्य परेडको अवलोकन गर्नेछन् । ट्रम्पको नीति र अभिव्यक्तिका लागि भ्रमणमा उनको विरोध पनि हुनेछ । ‘स्टप ट्रम्प कोलिसन’ नामक समूह मंगलबार विन्डसरमा विरोध प्रदर्शनका लागि भेला भएको थियो । समूहले बुधबार मध्य लन्डनमा अर्को प्रदर्शनको योजना बनाएको छ । 

उता भ्रमणको अवसरमा ‘द गार्जियन’मा एक लेख लेख्दै लन्डनका मेयर सादिक खानले पनि अमेरिकी राष्ट्रपतिको नीतिको आलोचना गरेका छन् । उनले अमेरिकी सहरमा सेना तैनाथ गर्ने र अल्पसंख्यकलाई लक्षित गर्ने ट्रम्पको कदम ‘विशुद्ध निरंकुश कदम’ भएको बताए । मेयर खानले अमेरिकासँग राम्रो सम्बन्ध कायम राख्नुको व्यावहारिक कारण बुझेको भए पनि बेलायतले आफ्ना सहयोगीसँग मिलेर ‘विश्वभर नै विभाजनकारी, अति–दक्षिणपन्थी राजनीतिको बढावामा पछिल्लो समय सबैभन्दा धेरै योगदान गरेका नेता (ट्रम्प)को आलोचना गर्न डराउन नहुने’ लेखेका छन् ।

ट्रम्पले सन् २०१९ मा पहिलो बेलायत भ्रमण गर्दा पनि मेयर खान र ट्रम्पले एक–अर्काविरुद्ध सार्वजनिक टिप्पणी गरेका थिए । मंगलबार लगभग ७० प्रदर्शनकारी ट्रम्पको विरोधमा विन्डसर दरबारबाहिर भेला भएका थिए । अमेरिकी राष्ट्रपतिको बेलायत बसाइ अवधिभरि योजनाबद्ध प्रदर्शनको तयारी गरेको बताइएको छ । प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पको विरोधमा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । ‘स्टप ट्रम्प कोलिसन’का प्रवक्ता जेक एटकिन्सनले आफूहरूको विरोधबारे प्रस्ट्याउँदै भने, ‘डोनाल्ड ट्रम्पको राजनीति फासीवाद र अधिनायकवादको राजनीति हो ।