
जेन–जी प्रदर्शनका कारण विकसित घटनाक्रमले बन्द भएर आजबाट खुलेको सेयर बजार दोस्रो नेगेटिभ सर्किट लागेर ब्रेक लागेको छ । पहिलो नेगेटिभ सर्किट लागेर २० मिनेट बन्द भएपछि खुलेको सेयर बजार पुन: दोस्रो नेगेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
यसअघि नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशनबमोजिम बजार बन्द गरिएको थियो । अवस्था सहज भएपछि आजबाट सेयर कारोबार खुला गरिएको हो ।
जेन–जी आन्दोलनमा क्रममा ठुलो मानवीय क्षति र भौतिक सम्पत्ति खरानी भएपछि लगानीकर्ता डराउँदा सेयर बजारमा पनि नेगेटिभ सर्किट लागेको हो। ४० मिनेटपछि पुन: खुलेको बजार निरन्तर ६ प्रतिशतले घट्यो भने आजका लागि सम्पूर्ण कारोबार रोकिनेछ ।