मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार ११:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जेनजी आन्दोलनपछि खुलेको सेयर बजार दुई पटक हल्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार ११:२o:oo

 जेनजी आन्दोलनका कारण स्थगित रहेको नेप्से सेयर बजार बिहीबार खुल्ने बित्तिकै दुई पटक हल्ट भएको छ ।  बजार सुरु भएको केही बेरमै ४ प्रतिशतले इन्डेक्स ओरालो लागेपछि ‘मार्केट हल्ट’ गर्नुपरेको हो । 

नेप्से सूचक १०७.०४ अंकले घट्दै २,५६५.२१ विन्दुमा झरेपछि २० मिनेटका लागि हल्ट भएर बजार खुलेको थियो । बजार खुलेको एक मिनेटमा १३३.६१ अंकले बजार घटेपछि फेरि ४० मिनेटको लागि ‘मार्केट हल्ट’ गरिएको छ । कुल ३ लाख ३४ हजार २७५ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम १५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। आजको कारोबारमा ११ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १८४ कम्पनीको मूल्य घटेको छ।

सामान्यतया, कुनै निश्चित समयावधिभित्र सूचकांक धेरै माथि वा तल जाँदा (जस्तै, ४प्रतिशत भन्दा बढी उतारचढाव हुँदा) बजारलाई स्थिर पार्न नेप्सेले सर्किट ब्रेकरु लगाउँछ। यसैलाई मार्केट हल्ट भनिन्छ। 

नियमअनुसार, कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से इन्डेक्स ४ प्रतिशतभन्दा बढी तलमाथि हिँड्नेबित्तिकै बजार २० मिनेटका लागि रोकिन्छ। दोस्रो घण्टाभित्र ५ प्रतिशत उतार–चढाव भएमा बजार ४० मिनेटका लागि बन्द हुन्छ। त्यस्तै, दिउँसो तेस्राे कारोबार भइरहेको बेला इन्डेक्स ६ प्रतिशतभन्दा बढी ओरालो लागे वा उकालो लागे भने सो दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिन्छ।