
सन् १९६१ : कंगो संकटबारे वार्ता गर्न गएको संयुक्त राष्ट्र संघको चार्टर्ड विमान नर्दन रोडेसिया (हालको जाम्बिया)को नदोलामा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा संयुक्त राष्ट्र संघका दोस्रा महासचिव ड्याग ह्यामरसोल्डसहित विमानमा रहेका १६ जनाको ज्यान गयो ।
सन् १७९३ : तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले वासिंटन डिसीमा संसद् भवन (क्यापिटल हिल)को जग हाल्दै निर्माण सुरु भएको घोषणा गरे ।
सन् १८१२ : रुस आक्रमण गर्न गएका नेपोलियनलाई रोक्न वा सुस्त बनाउन रुसी फौजले मस्को सहर खाली गरेर सहरमा लगाइदिएको डढेलो पाँच दिनपछि यसै दिन रोकियो ।
सन् १९१४ : बेलायतभित्रै स्वशासित आयरल्यान्डको व्यवस्था गरेको ‘आइरिस होम रुल’ विधेयकलाई शाही अनुमति प्राप्त भयो ।
सन् १९४७ : अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले जुलाईमा स्थापना गरेको गुप्तचर निकाय ‘सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सिआइए)’ औपचारिक रूपमा अस्तित्वमा आयो ।
सन् १९७७ : अमेरिकी अन्तरिक्षयान ‘भोयाजर प्रथम’ले पहिलोपटक पृथ्वी र चन्द्रमा एउटै फ्रेममा आउने गरी तस्बिर खिच्यो ।
सन् १९८० : सोभियत अन्तरिक्षयान सोयुज ३८ मा चढेर क्युवाका अन्तरिक्षयात्री आनाल्डो तामायो अन्तरिक्ष पुगे । योसँगै तामायो अन्तरिक्ष पुग्ने पहिलो अश्वेत दक्षिण अमेरिकी बने ।
सन् १९८२ : साब्रा–सातिला नरसंहार– इसाई मिलिसियाले लेबनानमा शरण लिइरहेका कम्तीमा ७०० प्यालेस्टिनी शरणार्थीको हत्या गरे ।
सन् २०१४ : स्कटल्यान्ड बेलायतबाट अलग गर्न भएको जनमतसंग्रहमा ५५ प्रतिशत मतदाताले बेलायतमा रहने पक्षमा मत दिएपछि असफल भयो ।