Skip This
अफगानिस्तानका भूकम्प प्रभावित क्षेत्रमा पुगेन राष्ट्र संघ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
न्युयोर्क
Invalid date format १o:५८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अफगानिस्तानका भूकम्प प्रभावित क्षेत्रमा पुगेन राष्ट्र संघ

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
Invalid date format १o:५८:oo

संयुक्त राष्ट्र संघले अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा गएको घातक भूकम्पबाट प्रभावित ३६२ गाउँमा पुग्न नसकेको बताएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्र संघको मानवीय कार्यालयको समन्वयको निरीक्षणको जिम्मा पाएकी सानन ओहाराले भूकम्पले देशको केही सबैभन्दा दुर्गम, ग्रामीण क्षेत्रलाई असर गरेको एक पत्रकार सम्मेलनमा बताइन् ।

ओहाराका अनुसार प्रारम्भिक मूल्यांकनमा भूकम्पबाट पाँच हजार २३० घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ६७२ घर जर्जर भएको पाइएको थियो । ‘भूकम्पअघि पनि यी गाउँ पुग्न गाह्रो थियो । अब, भूकम्पसँगै त्यहाँ पुग्न असाधारण प्रयास चाहिन्छ,’ ओहाराले भनिन् । अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी कम्तीमा दुई हजार २०० जनाको मृत्यु भएको थियो । प्रभावित गाउँमा पुग्ने प्रयास जारी रहेको तालिबान अधिकारीले बताएका छन् । भूकम्पबाट प्रभावित पाँच लाखमध्ये साढे दुई लाख बालबालिका छन् ।

‘पूरै गाउँ ध्वस्त भएका छन् । सडकको अवस्था अझ कठिन बनेको छ,’ ओहाराले थपिन् । आफ्नो टोलीलाई भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रनजिकैको सबैभन्दा ठुलो सहर जलालाबाद पुग्न ६ घण्टाभन्दा बढी समय लाग्ने उनले बताइन् । दक्षिणपूर्वी अफगानिस्तानको पहाडमा सम्पूर्ण गाउँ ढुंगा र माटोको थुप्रोमा परिणत भएका छन् ।