मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तलब–भत्ता नलिने ऊर्जामन्त्री घिसिङको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १५:३१:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब–भत्ता नलिने घोषणा गरेका छन्। 

सोमबार मन्त्रालयको पदभार सम्हाल्दै घिसिङले आफ्नो तलब–भत्ता सहिद परिवारको नामको कोषमा दिने निर्णय गरेका हुन्। उनले सुरक्षाको सुविधा भने लिनेछन्।

घिसिङले पहिलो निर्णयका रूपमा डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन्।

यस्तै, सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सहयोग संकलन गर्न विशेष कोष स्थापना गरिने मन्त्री घिसिङले बताए।

आफू १८ घण्टा काम गर्ने घोषणा गर्दै उनले कर्मचारीलाई पनि १८ घन्टा खटिएर काम गर्न आग्रह गरेका छन्।