मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द गरेको छ ।

जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति भएकाले सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता (EDLVRS) सम्बन्धी सेवा अवरुद्ध भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागले अर्को सूचना नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा वितरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको हो ।