
बर्दियामा नरभक्षी चितुवा नियन्त्रणमा लिनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेको छन् । जिल्ला प्रशासन कार्यालयले अगाडी नरभक्षी चितुवालाई नियन्त्रणमा लिनुपर्ने माग राख्दै स्थानीयले प्रदर्शन गरेको हुन ।
बिहान चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका ,१२ कि ३६ वर्षीय कविता तामाङ रानाको मृत्युु भएपछि स्थानीय आक्रोशित स्थानीयले प्रशासन अगाडी प्रदर्शन गरेको थिए ।
सोही स्थानमा एक महिना अगाडी साउन ३० गते जगतरानी थारूको मृत्यु भएको थियो । गाउँमा दिनहुुँ जस्तो देखिन थालेपछि स्थानीयले पटक पटक चितुवा नियन्त्रण हुनुपर्ने माग राख्दै आएका छन् । एक महिना अगाडी नै डिभिजन वन कार्यालयले पनि चितुवा नियन्त्रण गर्नका लागि क्रेच राखेको भएपनि चितुवा क्रेचमा परेको छैन ।
सामुदायिक वनबाट दिनहुँ जस्तो चितुवा समुदायमा आएर धनजन क्षती गर्न थालेपछि चितुवा नियन्त्रण लिनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय आएको गुलरिया नगरपालिका , १२ का बिष्णुहरि बुढाक्षेत्रीले बताए ।
चितुवा नियन्त्रण गर्नका लागि प्राबिधि सहित आवश्यक जनशक्ति परिचालन गर्ने स्थानीयसँग सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।