मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
तस्बिर : पूर्वपश्चिम राजमार्ग
२o८२ भदौ २३ सोमबार १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दमकमा केपी ओलीको निवासमा ढुंगामुढा, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १६:३४:oo

झापाकाे दमक नगरपालिकास्थित प्रधानमन्त्री केपी ओलीको निवासमा ढुंगामुढा भएको छ।

दमक– ९, शान्तिमार्गस्थित ओलीको निवासमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन्। प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ।

प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गसमेत टायर बालेर अवरोध गरेका छन्। पूर्व–पश्चिम राजमार्गको क्याम्पस गेटदेखि चियादोकानसम्म विभिन्न तीन ठाउँमा टायर बालेर प्रदर्शन गरेका हुन्। करिब आधा घण्टादेखि राजमार्ग अस्तव्यस्त छ।

यसअघि दमकमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा करिब १० जना घाइते भएका छन्।