
नायक राजेश हमालले भ्रष्टाचारविरोधी भएको प्रदर्शनका राज्यको तर्फबाट भएको प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन् । आफुले नेपाली भएकोमा यती लाज महशुस कहिल्यै नगरेको बताएका छन् ।
राजनीतिक विषयमा टिप्पणी नगर्ने उनले सोमबारको घटनापछि फेसबुकमा लेखेका छन्–
हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भबिस्य मात्र दिन असफल भएका छैनौ,ऊनीहरुको बर्तमानसमेत खोसिरहेका छौ। म बिदेश यात्रा गर्दै छू। नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन । आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ।