Skip This
मुलुकभर आज भएको घटनाबाट मर्माहत भएकाे छु : राष्ट्रपति 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २३ सोमबार २१:२४:oo
Read Time : < 1 मिनेट
समाचार

मुलुकभर आज भएको घटनाबाट मर्माहत भएकाे छु : राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार २१:२४:oo

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । उनले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन् । 

राष्ट्रपति पैडेलले  अप्रत्याशित रुपमा आज भएको  घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपील गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।