Skip This
पोखरामा ‘जेनजी’को प्रर्दशन : प्रहरीकाे गोली लागेर एकजना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार २१:o७:oo
Read Time : > 1 मिनेट
समाचार

पोखरामा ‘जेनजी’को प्रर्दशन : प्रहरीकाे गोली लागेर एकजना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार २१:o७:oo

‘अहिले नगरे कहिले गर्ने, हाम्ले नगरे कस्ले गर्ने’ भन्ने नारासहित सोमबार पोखरामा ‘जेनजी’ पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धका विरूद्ध गरेको प्रर्दशनमा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् । पोखरेली युवाहरू नाम दिएर ‘जेनजी’ पुस्ताले पोखराको मुख्यबजार न्युरोडस्थित सभागृह चोकबाट सुरु गरेको प्रदर्शन पोखराको रत्नचोकमा पुगेपछि नियन्त्रणबाहिर गएको हो । 

सभागृह चोकबाट सुरु भएको प्रर्दशन चिप्लेढुङा, सृजनाचोक, रत्नचोक हँुदै, राष्ट्रबैंक चोक, जिल्ला प्रशासन कार्यालय, कास्की जिल्ला अदालत अगाडि पुगेको थियो । त्यसपछि प्रर्दशनमा सहभागीहरू पुनः जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्रीको कार्यालय अगाडि गएर प्रर्दशन गरेका थिए ।

प्रर्दशनको क्रममा पर्दशनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङा, पानीको बोतल प्रहार गरेका थिए । मुख्यमन्त्री कार्यालयभित्र रहेका प्रहरीहरूले पनि प्रर्दशनकारीमाथि ढुङा, पानीको बोतल फालेका थिए । त्यसपछि प्रहरीले प्रर्दशनकारीलाई लाठी चार्जसँगै पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै हटाएका थिए । त्यसपछि प्रदर्शनकारीहरू केही पर पुगेका थिए । त्यसपछि उनीहरू रत्नचोक आएर प्रर्दशन गर्दै बाटोमा टाएर बालेका थिए । जहाँ केही घण्टा दुई पक्षबिच ढुंङा हानाहान भएको थियो । प्रर्दशन बढ्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए ।

त्यसपछि प्रर्दशनकारीहरूले प्रहरीलाई उक्त स्थानबाट पछाडि हटाउँदै मुख्यमन्त्री कार्यालय अगाडि पुगेका थिए । त्यसपछि प्रहरी र प्रर्दशनकारीबिच फेरी भिडन्त भएको थियो । 
सोही क्रममा मुख्यमन्त्री कार्यालयअघि प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका हुन् । घाइते हुनेमा २८ वर्षीय दिवस गुरूङ रहेका छन् । यस बारेमा प्रहरीले भने औपचारिक जानकारी दिएको छैन । गोली लागेर घाइते भएका उनीसँगै ५–६ जना र चारजना प्रहरी घाइते भएका छन् । 

प्रहरीले २९ जना प्रर्दशनकारीलाई पक्राउ गरेको कास्कीका प्रजिअ रूद्रादेवी शर्माले जानकारी दिइन । गोली प्रहारबारे भने उनले जानकारी लिइरहेको बताइन । 

प्रर्दशनकारीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरेर आगजनी गर्न खोजेपछि प्रहरी र प्रर्दशकारीबिच मुठभेड भएको थियो । मुठभेडको क्रममा प्रर्दशनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागि उनी घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पातल र गण्डकी मेडिकल क्लेजमा लगिएको छ ।  

प्रर्दशनकारीहरूले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष कोपी ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाविरूद्ध नाराबाजी गरेका थिए । 

पोखरामा निषेधाज्ञा
पोखरामा गरिएको प्रर्दशन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न स्थान तेकेर निषेधाज्ञा जारी गरेको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सोमबार दिउँसो २ बजेदेखि लागु हुनेगरी स्थानीय प्रशासन ऐन, ०२८ (संशोधन सहित)को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरेकी हुन् ।

शर्माले सहिदचोक आसपासका क्षेत्रलाई तोकेर निषेधाज्ञा जारी गरेकी हुन् । जसअनुसार पूर्वतर्फ वाइचोक (उत्तर पूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (बैदाम), उत्तरतर्फ मालपोत कार्यालय, कास्की र दक्षिणतर्फ राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड क्षेत्रमा निषेधाज्ञा जारी गरेकी हुन् ।

निषेधाज्ञा जारीसँगै ती क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । जारी निषेधज्ञाको आदेश उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारबाही हुने जनाइएको छ ।   

हाल मुख्यमन्त्री कार्यालय, प्रदेश सभा सचिवालय, जिल्ला प्रशानस कार्यालयलगायत मुख्य सरकारी कार्यालयहरूमा प्रहरीले सुरक्षा दिइरहेका छन् ।