मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेन–जी प्रदर्शन : मृतकको संख्या १५ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १६:१७:oo

जेन-जीका नाममा सोमबार भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँ बानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १५ पुगेको हो ।

गोली लागेपछि एकजनाको घटनास्थल र अन्यको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयले घाइतेको उपचार शुल्क नलिन सरकारी अस्पताललाई निर्देशन पनि दिएको छ । मृत्यु हुनेमा ट्रमा सेन्टरमा उपचाररत ६ जना, सिभिल अस्पतालमा तीनजना, केएमसी अस्पतालमा दुईजना, त्रिवि शिक्षण अस्पतालमा एकजना र एभरेस्ट अस्पतालमा तीनजनाको मृत्यु भएको छ ।