मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २० शुक्रबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चलचित्र निर्माताले पत्रकार खड्कालाई दिएकाे धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १४:४३:oo

पत्रकार केशव खड्कालाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै खड्कालाई चलचित्र निर्माता रोहित अधिकारीसहितको समूहले धम्की दिएको महासंघको एसोसियट संस्था चलचित्र पत्रकार संघ नेपालले जनाएकाले महासंघकाे ध्यान आकृष्ट भएको बताए । 

प्रकाशित समाचारप्रति असहमति रहे खण्डन गर्ने विधिमा जानुको साटो पत्रकारमाथि जाइलाग्नु अत्यन्तै दुःखद भएको भन्दै  महासंघले  घटनाको निन्दा गरेको छ । महासंघले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग मागसमेत गरेको छ ।

 

 

छुटाउनुभयो की ?