
नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन सनराइज सभाहलमा जारी छ।
विधान महाधिवेशनका क्रममा गोदावरीको मूल सडकदेखि सभाहल छिर्ने प्रवेशद्वारदेखि नै झकिझकाऊ बनाइएको छ।
महाधिवेशनको अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् । हलको मञ्चमा ठुलो डिजिटल बोर्ड राखिएको छ । जसको अगाडि १८ जना पदाधिकारी बसेका छन् ।
दुवैतिर पार्टीको झन्डा र राष्ट्रिय झन्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बायाँ टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ ।