मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ १९ बिहीबार १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा टेबुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार १५:४२:oo

संघीय राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा टेबुल भएको छ ।

बुधबार बसेको सभाको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन्।

यही भदौ १७ गते राष्ट्रिय सभाले यो विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाबाट गत असार १५ गते पारित भएर राष्ट्रिय सभामा गएको थियो ।

राष्ट्रिय सभाबाट समेत पारित भएर पुनः प्रतिनिधिसभामा आएको हो ।

राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा टेबुल भएपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रूपान्तरित भएर लागू हुन्छ ।

छुटाउनुभयो की ?