मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली राजमार्ग सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १६:५o:oo

कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। मंगलबार राति कर्णाली राजमार्गको कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका– २, कालेखोलानजिकै सडक भासिएपछि सडक अवरुद्ध बनेको थियो।

सडक डिभिजन कार्यालयले सडक बनाएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड सञ्चालनमा आएको हो। कालीकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरेर आज दिउँसो ४ बजेबाट सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।