मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पक्राउ परेको केही घन्टामै छुटे महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १८:४९:oo

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सरकारी वकिल कार्यालय काठमाडौंले हाजिर जमानीमा छाड्ने निर्णय गरेको छ। सोहीअनुसारको आदेश साइबर ब्युरोलाई गरिसकेको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले महरलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको बताए। उनलाई साइबर ब्युरोले बुधबार दिउँसो पक्राउ गरेको थियो। पक्राउलगत्तै उनलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको थियो। वकिल कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो।

सहन्यायाधिवक्ता काफ्लेले भने, ‘महरलाई हाजिर जमानीमा छाड्ने निर्णय भयो। सोहीअनुसारको आदेश प्रहरीलाई गइसकेको छ।’ चरित्रहत्या गरेको भन्दै महरविरुद्ध रएक युवतीले  हुलाकमार्फत ब्युरोमा उजुरी दिएकी थिइन्। सत्ताको आडमा यसरी उनी केही घन्टामै छुटेको आरोप लागेको छ ।