मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट सर्ट भएर बाख्रा फार्ममा आगलागी, फार्म सञ्चालक गम्भीर घाइते

५० बाख्रा जलेर मरे, १० घाइते

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १o:१३:oo

चौतारा साँगाचोकगढी नगरपालिका– १, स्याउले गुन्सामा करेन्ट सर्ट भएर बाख्रा फार्ममा आगलागी भएको छ। बिहानीपख करिब ८ बजे आगलागी हुँदा गोठमा सुतिरहेका फार्म सञ्चालक विशाल श्रेष्ठ गम्भीर घाइते भएका छन्। श्रेष्ठलाई उपचारका लागि चौतारा अस्पताल लगिएको छ । उनको शरीरको केही अंग जलेको, टाउको र अनुहारमा जस्तापाताले काटेर गहिरो चोट लागेको छ।

जस्तापाताको छानोमुनि रहेका ८५ बाख्रामध्ये कम्तीमा ४५ जलेर मरेका छन्। स्थानीय मिलेर आगो निभाएपछि बाँचेका ४० भन्दा बढी बाख्रामध्ये कम्तीमा १० घाइते अवस्थामा छन् । घाइते बाख्रा सिमसिमे वर्षामा भिजिरहेको स्थानीय श्यामसुन्दर श्रेष्ठले बताए। दुई वर्षअघि १५ लाख लगानी गरेर बाख्रा फार्म सञ्चालन गरिएको थियो।

फार्मभित्र सुकेका घाँस भएकाले करेन्ट सर्ट हुँदा छिटो आगो सल्केको विशालकी आमाले बताइन्। वेलावेलामा करेन्ट सर्ट हुने गरेको थियो। जस्तापाताको टहरोमा अव्यवस्थित तार जडान गरिएकाले करेन्ट सर्ट भएको हुन सक्ने स्थानीय बताउँछन्। घटनास्थलमा दमकल आए पनि सडकको पहुँच नभएकाले प्रभावकारी भएन। आगलागी स्थलमा सदरमुकामबाट प्रहरी पुगेर उद्धार र अनुसन्धान गरिरहेको छ।