मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार o७:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

न्यु जेनिथ कपमा पाँच टोली च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o७:o२:oo

ज्ञान निकेतन, स्वर्णिम, बेसिक लर्निङ, ब्राइट होराइजन र रिब्सले मंगलबार तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताका उपाधि जितेका छन् । बास्केटबलको पुरुषमा ज्ञान निकेतन र महिलामा स्वर्णिम च्याम्पियन बने ।

पुरुष फुटसलको यू–११ मा बेसिक लर्निङ, यू–१३ मा ब्राइट होराइजन र यू–१६ मा रिब्स पहिलो भएका छन् । न्यु जेनिथको कोर्टमा भएको बास्केटबलको पुरुष फाइनलमा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–४३ ले पराजित गर्‍यो । महिलातर्फको उपाधि भिडन्तमा स्वर्णिमले रिब्सलाई २४–२२ को झिनोअन्तरले हरायो ।

यसैगरी, पुरुषमा महेन्द्र र महिलामा हिसी आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । फुटसलको यू–११ फाइनलमा बेसिकले चेल्सी वल्र्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले पाखा लगायो । यू–११ को फाइनलमा ब्राइट होराइजनले हार्टल्यान्ड एकेडेमीलाई ७–० ले पन्छायो । यू–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजमाथि १–० को कठिन जित दर्ता गर्‍यो ।

यू–११ मा एआईका सोयाङ लामा, यू–१३ मा विद्यावाणीका आरभ कलौनी र यू–१६ मा रिब्सका श्रमन गुरुङ उत्कृष्ट खेलाडी चुनिए । यू–११ मा चेल्सीका समृद्ध कँडेल, यू–१३ मा ब्राइट होराइजनका महेन्द्र सन्ज्याल र यू–१६ मा रिब्सका आयुष केसी उत्कृष्ट गोलरक्षक ठहरिए ।