मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ११ बुधबार o९:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–१७ च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o९:३५:oo

दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यू–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बंगलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अंकका साथ पहिलो स्थानमा छ भने ६ अंक लिएर बंगलादेश दोस्रो स्थानमा छ । तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ। प्रतियोगितामा यिनै चार देश सहभागी छन्।

खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छ भने १५ गते भुटानसँग भिड्नेछ।