मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार o९:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यो वर्ष ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o९:४o:oo

यो वर्ष धान खेतीयोग्य क्षेत्रफलमध्ये ९४.९ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको छ । कृषि विभागका अनुसार सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमा ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । 

त्यस्तै, कोशीमा ९७.२४ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९६.६३ प्रतिशत, लुम्बिनीमा ९८.३६ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको छ ।

यो वर्ष रोपाइँ सकिएको र १३ लाख ६ हजार दुई सय ९३ हेक्टरमा मात्रै रोपाइँ भएको विभागको तथ्यांक छ । विभागले यो वर्ष १३ लाख ७६ हजार चार सय ६६ हेक्टरमा रोपाइँ हुने अनुमान गरेको थियो ।

तर, मधेशमा समयमै वर्षा नहुँदा किसानले रोपाइँ गर्न पाएनन् । जसकारण सरकारले अनुमान गरेको सबै भूभागमा रोपाइँ नसकेको हो । गत वर्ष भने यो वेला ९८.५४ प्रतिशत भूभागमा रोपाइँ भएको थियो ।