मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २ सोमबार १o:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टप एन्ड टी–२० शृंखला : अस्ट्रेलियामा नेपालको लगातार तेस्रो हार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १o:५o:oo

अस्ट्रेलियाको डार्बिनमा चलिरहेको टप एन्ड टी–२० शृंखलामा ब्याटिङ नचल्दा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३० रनको हार व्यहोरेको हो। सोमबार मरारा क्रिकेट ग्राउन्ड २ मा ओपनर आसिफ शेखको अर्धशतक बनाए । तर, अन्य ब्याटर चल्न सकेनन् । फिल्डिङमा पनि नेपाल निकै कमजोर रह्यो । 

टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले १७६ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो। नेपालका आसिफले सर्वाधिक ५३ रन बनाए। ४९ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले ३१ बलमा तीन चौकासहित ३३ रन बनाए।  कुशल भुर्तेल २५, कुशल मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख आठ रनमा अविजित रहे।

मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिएका हुन्। त्यसअघि पहिलो इनिङमा ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सले अर्धशतक बनाए । म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्कासहित ७४ रन  प्रहार गरे। ओपनर थोमसले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाएका हुन् । दुईले दोस्रो विकेटका लागि १२२ रनको विशाल साझेदारी गरेका थिए। 

नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। सोमपाल कामी र शहाब आलमको नाममा समान एक विकेट रह्यो । यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको थियो।