मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:३५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस नेता शेखर कोइरालाको कटाक्ष : जहाँ खाली जग्गा, त्यहाँ एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३५:oo

प्रधानमन्त्री केपी ओलीको दल एमालेलाई सत्तारूढ दल कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘जहाँ खाली जग्गा, त्यहाँ एमाले’ भनेर कटाक्ष गरेका छन् । सोलुखुम्बु कांग्रेसको आयोजनामा शनिबार काठमाडौंको सुकेधारामा आयोजित एक कार्यक्रममा कोइरालाले गोकर्ण रिसोर्टदेखि पोखराको लिचीबारी हुँदै झापाको गिरीबन्धु टी इस्टेटसम्मका जग्गा अपचलनमा एमाले जोडिएको बताएका हुन् ।

‘जहाँ खाली जग्गा देख्छ, त्यहाँ एमालेको आँखा गइहाल्दो रै’छ । तपाईं जहाँ पनि हेर्नुस् । गोकर्ण रिसोर्ट हेनुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेका आँखाहरू हेर्नुस्, लिचीबारी पोखराको हेर्नुस्, गिरीबन्धु टी इस्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ,’ उनले भने । 

कोइरालाले कास्की लिचीबारीको जग्गा हिनामिनाका लागि भएको घुस डिल प्रकरणमा मुछिएका भूमिसुधारमन्त्री बलराम अधिकारीले राजीनामा नदिएकोमा पनि प्रश्न उठाए । उही घटनामा मुछिएका संघीय मामिलामन्त्री राजकुमार गुप्ताले राजीनामा दिँदा र एमाले कास्की जिल्ला कमिटीले नै राजीनामा माग्दा पनि अधिकारी जबर्जस्ती गरिरहेको बताए । अधिकारी एमालेबाट मन्त्री बनेका हुन् ।

‘संघीय मामिलामन्त्री (राजकुमार गुप्ता)ले त राजीनामा दिनुभयो । तर, भूमिसुधारमन्त्री (बलराम अधिकारी) अहिले पनि जबर्जस्ती बसिरहनुभएको छ । जबकि कास्की जिल्लाको एमाले कमिटीले, पूरै कमिटीले भूमिसुधारमन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ,’ कोइरालाले भने ।

नेता कोइरालाले भूमिसम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले संशोधन राख्दा पनि एमालेले त्यसमाथि छलफल गर्न नदिएको आरोप पनि लगाए । भूमिमन्त्री अधिकारीले रोकेको उनको भनाइ छ । ‘नेपाली कांग्रेसका साथीहरूले, सांसदहरूले संशोधन प्रस्ताव हालेका छन्, तर भूमिसम्बन्धी मन्त्रीज्यूले स्विकारिरहनुभएको छैन,’ उनले भने ।

लिचीबारी जग्गा हिनामिनाको घुस डिलमा नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठको नाम बिचौलियाका रूपमा बाहिरिएको प्रसंगलाई कोइरालाले देशको अवस्थासँग चित्रण गरे । ‘बिचौलिया एकजना हुनुहुँदोरहेछ, रेशम चौधरीजीको पार्टीको अध्यक्ष,’ उनले भने, ‘सांसद पनि बिचौलिया भइसकेपछि के हुन्छ देशको अवस्था भन्नुस् त ?’