मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार

नेपालगन्जबाट कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार २o:५४:oo

बाँके प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–९ का १७ वर्षीय समीर धपाली र सोही ठाउँका १६ वर्षीय राजन सोनकरलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए। 

अस्थायी प्रहरी पोस्ट बसपार्कका इन्चार्ज विष्णु शाही नेतृत्व टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली फेला परेको उनले बताए। शनिबार राति दुवैजना पुष्पलाल चोकबाट बसपार्कतर्फ अटो रिक्सामा जाँदै गर्दा प्रहरीले पक्राउ गरेको डिएसपी पातलीले बताए।