मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
२o८२ श्रावण ३० शुक्रबार o९:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य शिक्षाको हब बन्दै हेटौंडा: मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको सिट ५० पुर्‍याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार o९:२४:oo

मकवानपुरको हेटौंडा स्वास्थ्य शिक्षाको हब बन्ने दिशामा महत्वपूर्ण कदम चालिएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको हो ।

यसअघि प्रतिष्ठानमा सञ्चालन भइरहेका स्नातक तहका कार्यक्रममध्ये बीएस्सी नर्सिङका सिट संख्या २० बाट बढाएर ३० पुर्‍याइएको छ भने मेडिकल ल्याब टेक्नोलोजी  र पब्लिक हेल्थका २०/२० सिट यथावत् छन् । ब्याचलर अफ फार्मेसी  कार्यक्रम पनि ३० सिटमै निरन्तर सञ्चालन हुनेछ ।

स्नातक तहसँगै, यस वर्षदेखि स्नातकोत्तर तहमा (एमडी) अध्ययन पनि सुरु हुने भएको छ । स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक गरी कुल ८ सिट स्वीकृत भएको छ ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानको सुरुवात स्मरण गर्दै, यसबाट उत्पादित जनशक्तिले छिट्टै स्वास्थ्य सेवा प्रभावकारी हुने बताएका छन् । स्वास्थ्य मन्त्री किरण थापाले यो कदमले बागमती प्रदेशलाई स्वास्थ्य शिक्षा र अनुसन्धानको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिष्ठानका उपकुलपति डा। प्रदिप ज्ञवालीका अनुसार, हेटौंडा अस्पतालमा हाल दैनिक १५ सय भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् र छिमेकी प्रदेशका बिरामी पनि यहाँ उपचारका लागि आउने गरेका छन् ।

२०७६ सालमा प्रदेशसभाबाट ऐन जारी गरी सुरु गरिएको यो प्रतिष्ठान २०७७ सालमा औपचारिक रूपमा सञ्चालनमा आएको हो । यसले प्रदेश मात्र नभई देशभरका नागरिकलाई स्वास्थ्य शिक्षा र उपचार सेवामा दीर्घकालीन लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।