मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३० शुक्रबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्राहकलाई छुट प्रदान गर्न प्रभु बैंक र न्युरो हस्पिटलको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार ११:२३:oo

प्रभु बैंक र बबरमहलस्थित अन्नपूर्ण न्युरो हस्पिटलबिच बैंकका ग्राहक तथा कर्मचारीलाई हस्पिटलको सेवा–सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।  

यससँगै बैंकका कर्मचारी, तिनका परिवारजन तथा ग्राहकले उक्त हस्पिटलमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका नेपालभर तीन सय १२ शाखा कार्यालय, दुई सय ८६ एटिएमका साथै ६८ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।