मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
शान्ता कमली काठमाडौं
Invalid date format १६:o४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्नपूर्ण पदमार्गमा एक वर्षमा ३८ हजार पर्यटकले भ्रमण गरे

Read Time : > 1 मिनेट
शान्ता कमली, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o४:oo

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा गत आर्थिक वर्ष ०८१/८२ मा ३७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङमा गत वर्ष २२ हजारभन्दा बढीले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ घुमेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ एक्यापका प्रमुख ढकबहादुर भुजेलले मनाङ फ्रान्सका नागरिकको पहिलो रोजाइमा पर्ने गरेको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष ०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकले मनाङ घुमेका छन् । आर्थिक वर्ष ०८१/८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेका भुजेलले बताए। फ्रान्सका तीन हजार ६१६ र जर्मनीका दुई हजार ८४२ नागरिकले भ्रमण गरेका छन् ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए। आर्थिक वर्ष ०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए । यस वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्यांकमा उल्लेख छ । यस वर्षमा इजरायली नागरिकको संख्या अधिक रहेको उनको भनाइ छ । 

पछिल्लो समय हिमाली जिल्ला मनाङको विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदमार्ग यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । मनाङ जाने पर्यटक विशेष गरी थोराङपास, लार्केपास र कालापास साथसाथै विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकनका लागि आउने गरेका छन् । 

पदयात्रा सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ । मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।