मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २८ बुधबार १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘भिजिट भिसामा गएर विदेशी नागरिकता लिनेले इमोसनल ब्ल्याकमेल गरी स्वार्थको रोटी सेके’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १४:५१:oo

प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर विदेशी नागरिकता लिएर, नेपालमा मन्त्रीसम्म भएका व्यक्तिले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने काम गरेको बताए।

उनले भने, ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुई–दुईपटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्। यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन। यसले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ।’