मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगर बाल सुधारगृहमा झडप, केही बालबिज्याइँ भागेको आशंका

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:o८:oo

विराटनगर– ३,  कञ्चनबारीस्थित बाल सुधारगृहमा झडप भएको छ। बुधबार दिउँसो सुधारगृहभित्र रहेका बिज्याइँकर्ताहरूले एक्कासि ड्युटीमा बसेका प्रहरी र प्रशासनका कर्मचारीहरूमाथि ढुंगामुढा गरेका थिए। सो क्रममा ड्युटीमा रहेका प्रहरी हवल्दार हिरणकुमार मण्डल घाइते भएका छन्।

एक्कासि सुधारगृहभित्र रहेका बिज्याइँकर्ताहरूले भाग्ने प्रयास गरेर प्रहरीमाथि ढुंगामुढा गर्दै हुलदंगा गरेका थिए। त्यसछि ५० जनाजति बिज्याइँकर्ताहरू बाहिर निस्केर भागेको र केही फेरि भित्रै फर्केको प्रत्यक्षदर्शी स्थानीयहरूले बताएका छन्।

घटनास्थलमा पुगेका मोरङका एसपी नारायणप्रसाद चिमोरियाले सुधारगृहको स्थिति नियन्त्रणमा आइसकेको र भित्र रहेका बिज्याइँकर्ताहरूको गणना गर्ने काम भइरहेकाले कोको भागे भन्ने यकिन भइनसकेको र घटनाबारे अनुसन्धान भइरहेको बताए।

विराटनगर बाल सुधारगृहमा प्रायः बिज्याइँकर्ताहरू फरार भइरहन्छन्। सुधारगृहको क्षमता ५० जनाको भए पनि हाल करिब २५० जना  बालबिज्याइँहरू रहँदै आएका छन्। बाल सुधारगृहमा १८ वर्ष भन्दामुनिका बिज्याइँहरू राख्नुपर्ने भए पनि त्योभन्दा बढी उमेरका युवाहरूलाई समेत राखिएको छ।