मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ श्रावण २८ बुधबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १९:५o:oo

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन धनुषा प्रहरीले दुई राउन्ड गोली चलाएको छ। जिल्लाको मिथिला नगरपालिका–२, नक्टाझीमा दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको हो।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न मिथिला नगरपालिका–६, ढल्केबरका अन्दाजी ४८ वर्षीय पप्पुकुमार साह घाइते भएका छन्। साहको दायाँ खुट्टामा गोली लागेको धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता बरुणकुमार सिंहले जानकारी दिए।

बुधबार साढे ४ बजेतिर जनकपुरबाट पप्पुकुमार साह मोटरसाइकलमा बाराको परमाणिपुर गाउँपालिका–२ बस्ने अन्दाजी ३० वर्षीया सैलोदेवी रामलाई पछाडि बसाएर ढल्केवरतर्फ जाँदैगर्दा प्रहरीले जनकपुर–ढल्केबर सडकको नक्टाझीमा रोक्न इसारा गरेका थिए। तर, उनीहरूले मोटरसाइकल रोक्न नमानेपछि प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेका थिए।

प्रवक्ता सिंहका अनुसार हवाई फायर गर्दा पनि नरोकिएपछि प्रहरीले गोलि चलाउँदा साहको दायाँ खुट्टामा गोली लागेको हो। जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौंको लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए।

प्रहरीले आरोपीहरूको साथबाट करिब २२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घाइते साहको प्रहरी निगरानीमा उपचार भइरहेको छ भने महिलालाई इलाका प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ।