
रास्वपाका सांसद अशोककुमार चौधरी गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई कहाँ लुकाइएको छ ? भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री भएको एक वर्षसम्म पनि जिबी राईलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरे।
उनले भने, ‘जिबी राईलाई कहाँ लुकाइएको छ ? कति महिना भयो गृहमन्त्री भएको ? उनी घरभित्र छन् कि सत्ताको ओडारभित्र ? गिरिबन्धु टी इस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो। नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ थन्कियो ? उच्चस्तरीय नेताहरूको नाम खुले पनि अनुसन्धान किन सुस्त ? के यो बयान पनि अप्राकृतिक गठबन्धनले थुनेको छ ?’
उनले भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन वा संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने पनि बताए।