
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।
तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्केका थिए । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे हुनेछ ।