मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २८ बुधबार o६:२७:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o६:२७:oo

हाम्रो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? 
हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको ‘अथोरिटी’ नै सबैको हाकिम हो । हामीजस्ता सुरक्षाकर्मी त उनीहरूमातहत रहेर काम गर्ने सामान्य जनशक्ति मात्र हौँ । सामान्य गेटपास वितरणदेखि स्क्यानर, एक्सरे, वाक थ्रु मेसिन, सिसी टिभीलगायत उपकरण उनीहरूकै जिम्मामा हुन्छन् । ती उपकरण बिग्रिए भने तिनको मर्मतसम्भारदेखि नयाँ जडान गर्नुपरे पनि उनीहरूकै प्रमुख भूमिका हुन्छ । कहिलेकाहीँ उपकरणहरू बिग्रिएपछि समयमै मर्मत नहुँदा सुरक्षाकर्मीले ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्ने अवस्थासमेत हुन्छ । विमानस्थलमा कार्यरत सुरक्षाकर्मीका पनि केही कमजोरी हुन त सक्छन् । तर, त्यहाँ नचाहिने मान्छेको दबदबा छ । त्यसले पनि सुरक्षा व्यवस्थालाई कमजोर बनाइरहेको हुन्छ । 

अहिले ‘बडी स्क्यानर’समेत छैन र भएका उपकरण पनि प्रभावकारी छैनन् भनिन्छ नि ?
अन्तर्राष्ट्रिय विमानस्थल भनेको अन्तर्राष्ट्रिय बोर्डरसमेत हो । यस्तो संवेदनशील स्थानमा यो स्तरको लापरबाही गरिनु गम्भीर चिन्ताको विषय हो । सुरक्षा चेकजाँचसम्बन्धी उपकरणहरूले काम नगरेको अवस्थामा कथम् कुनै हातहतियार, बम या अन्य सुरक्षा जोखिम बढाउने उपकरण भित्रिए भने तिनले राष्ट्रिय सुरक्षामै गम्भीर असर पुर्‍याउन सक्छन् । विमानस्थनको सुरक्षामा यो स्तरको खेलाँची गरिनु भनेको सुरक्षा संवेदनशीलता नबुझ्नु या सुरक्षा व्यवस्थालाई प्राथमिकतामै नराख्नु हो । 

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त बनाउन के गर्नुपर्ला ? 
सबैभन्दा पहिले विमानस्थलको सुरक्षा व्यवस्थाको पूर्ण जिम्मेवारी सुरक्षाकर्मीलाई नै दिनुपर्छ । सिसी टिभीदेखि बडी स्क्यानर, एक्सरे, वाकथ्रु मेसिनजस्ता उपकरण ह्यान्डलिङदेखि मर्मतसम्भारसम्मको जिम्मेवारी सुरक्षा निकायलाई नै दिनुपर्छ । साथै, विमानस्थल सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी सुरक्षाकर्मीले भनेअनुसार सुरक्षा योजना तयार गरी कडाइसाथ लागु गरिनुपर्छ । सुरक्षा निकायका पनि धेरै युनिट राख्नुको साटो सकेसम्म कम युनिट राखेर परिचालन गरियो भने प्रभावकारी काम हुन सक्छ ।