मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २७ मंगलबार १८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुकुल ढकालले रास्वपाको महामन्त्री दाबी गरेको रिट खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १८:३४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनIलकुमार पोखरेलको संयुक्त इजलासले ढकालको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको हो।

रास्वपाको केन्द्रीय समितिले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो। पछि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेकाे थियाे।

तर, निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक नगरेपछि त्यसैलाई आधार मान्दै ढकालले आफू महामन्त्रीमा यथावत् रहेको दाबीसहित रिट दायर गरेका थिए।