
राष्ट्रिय टिमबाट खेलिसकेका पवन सर्राफलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको लागि कर्णाली याक्सले अनुबन्ध गरेको छ ।
चोटका कारण पवन पहिलो संस्करण खेलेनन्। शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा ‘ए’ क्याटागोरीका पवनका निम्ति कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मुल्य १५ लाख बोली लगाएका थिए ।
जसमा ‘लक्की ड्र’ हुँदा कर्णालीले बाजी मारेको हो । एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । जसमध्ये हालसम्म कुल १० खेलाडी विक्री भएका छन् ।