Skip This
ओली कञ्चनपुरमा उभिएर मेचीसम्म देख्नुहुन्छ : लेखराज भट्ट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली कञ्चनपुरमा उभिएर मेचीसम्म देख्नुहुन्छ : लेखराज भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

नेकपा एमालेका सचिव लेखराज भट्टले केपी ओली निकै दूरदर्शी रहेको बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ओलीको प्रशंसामा भट्टले भने, ‘केपी ओली यहाँ कञ्चनपुरमा उभिएर काठमाडौं होइन, मेचीसम्म पनि हेर्नुहुन्छ, देख्नुहुन्छ। मैले देख्छु नारायणघाटसम्म । धेरै देखे काठमाडौंसम्म।’

ओलीलाई छोटो समयमा बुझ्न नसकिने भन्दै उनले विशेष अध्ययनको आवश्यकता रहेको बताए। ‘केपी आलीलाई अझै सबैले बुझेकै छैनन्। उहाँलाई बुझ्न समय लाग्छ। अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ। कतिखेर के कदम चाल्नुहुन्छ भन्ने कुरा हामीहरूले बुझ्न सक्दैनौँ,’ उनले भने।

नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन आफू ओलीको पक्षमा लागेको उनको तर्क थियो। ‘अब केपी ओलीले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्नुहुन्छ,’ भट्टले भने।