
त्रिवेणी गाउँपालिका– ४, खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो त्रिवेणी गाउँपालिका ३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लुप्र ०१—००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका– ५ का २८ वर्षीय बुद्धिमान खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।