Skip This
उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी, पाँचजनाको उपचार हुँदै, २२ उपचारपछि घर फिर्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी, पाँचजनाको उपचार हुँदै, २२ उपचारपछि घर फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

उदयपुरको त्रियुगा नगरपालिका– ७, चुहाडे नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना स्थानीय बिरामी परेका छन्। जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी सुरेशकुमार पाण्डेले भोजमा अखाद्य वस्तु सेवनबाट फुट प्वाेइजन भई बिरामी परेर जिल्ला अस्पताल आएकाहरू २७ जनामा पाँचजना उपचाररत छन् भने २२ जना घर फर्किएका छन्। 

हाल अस्पतालमा तीन महिला र दुई बालककाे उपचार गराइरहेको पाण्डेले जानकारी दिए। उनले भने, ‘जन्मदिनको भोज खानेक्रममा बिरामी परेर गएराति २७ जना अस्पताल भर्ना भएका थिए । बिहान उपचारपछि २२ जना घर फर्केका छन्।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार स्थानीय जितेन्द्र राईको घरमा जन्मदिनको अवसर पारी वरिपरि छरछिमेकका मानिस जम्मा भई भोज खानेक्रममा बिरामी परेका थिए । उनले भने, ‘गएको बिहीबार साँझ राईको जन्मदिन मनाउने क्रममा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनियाँ, पुवा आदि) खाएकाहरु अचानक झाडापखाला र बान्ता भई बिरामी परेका रहेछन् ।’ 

बिरामी हुनेहरूमा महिला ११ जना, पुरुष तीनजना, बालक पाँच र बालिका आठजना रहेका थिए । एसपी योगीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए।