Skip This
आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format o८:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनलाई कक्षा नौमा पढ्ने दुई छात्रले बलात्कार गरेका हुन् ।

विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै अघिपछि लागेका दुईजनाले जंगलको बिचमा बाटो छेकेर रातभरि पालैपालो बलात्कार गरेको पीडितले बताएकी छिन् । ‘१९ साउनमा साढे ४ बजे विद्यालयबाट घर फर्कँदै थिएँ । एकजना दाजुले तिमीसँग कुरा गर्नु छ भने । मसँगै पढ्ने साथीहरू आ–आफ्नो घर गइसकेका थिए । एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘केही बेरमा उनीहरू दुईजना आए । बाटो छेकेर एकछिन हामीसँग बस भने । उनीहरूले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ । त्यति खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लगे । उनीहरूले मलाई बोल्न दिएनन् । त्यसपछि पालैपालो बलात्कार गरे ।त्यसपछि के–के गरे थाहा छैन । बिहान होस खुल्दा एक्लै थिएँ ।’

विद्यालय गएकी बालिका साथीहरूबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले २० साउनमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन् । विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई बाटो छेकेर सामूहिक बलात्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बालिकाका आफन्तले बताएका छन् । बालिका बलात्कृत भएको उजुरी कार्यालयमा परेलगत्तै सोही राति बालिकाको स्वास्थ्य परीक्षण गराएर २१ साउनमा दुईजनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।

विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान ५:३० बजे घरभन्दा करिब पाँच सय मिटरपरको राम्चेभिरस्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारेको बालिकाको दाजुले बताए । ‘१९ साउन विद्यालय गएकी बहिनी अबेरसम्म घर आइनन् । रातभर खोजी गर्‍यौँ । फेला परिनन्,’ उनले भने, ‘ओढारभित्र एक्लै झोक्राएको अवस्थामा फेला परेकी बहिनीलाई सोध्दा एउटै विद्यालयमा पढ्ने दुईजना छात्रले बलात्कार गरेको बताइन् । नाबालक बहिनीमाथि बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर जाहेरी दिएका हौँ ।’