मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २० मंगलबार ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युनाइटेड इदी मर्दीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार ११:४२:oo

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको हकप्रद सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीको गत ११ चैतको साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित गरेको थियो ।

सोही कार्यका लागि बुधबार एक कार्यक्रमबिच द्विपक्षीय सम्झौता गरी क्यापिटललाई नियुक्त गरिएको हो । सम्झौतापत्रमा युनाइटेड इदी मर्दीका तर्फबाट प्रबन्ध निर्देशक रोशन केसी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरे ।

तीन वर्षदेखि नगद लाभांश तथा बोनस सेयर वितरण गर्दै आएको यस कम्पनीको अधिकृत पुँजी एक अर्ब रहेको छ । हकप्रद निष्कासनपश्चात् कम्पनीको जारी तथा चुक्ता ९२.१६ करोड रुपैयाँ हुने बताइएको छ । हकप्रदबाट प्राप्त रकम अन्य जलविद्युत् परियोजनामा लगानी गर्ने कम्पनीको योजना छ ।