
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ।
बालुवाटारस्थित प्रशासन विशेष स्रोतका अनुसार अहिले केहीबेरअघि सुरु भएको उक्त भेटवार्ता मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेको छ। प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्न चाहिरहेका छन् भने देउवामाथि पनि पछिल्लो समय आन्तरिक र बाह्य दुवै दबाब परेको स्रोतको भनाइ छ। सम्भवतः आजको छलफलले यस सम्बन्धमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
सरकार गठन भएको एक वर्ष पुगिसकेको सन्दर्भमा अधिकांश मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यगत धारणा र गतिअनुसार अगाडि बढ्न नसकेको भन्दै सत्तारूढ दलभित्रैदेखि बाहिरसम्म आलोचना बढ्दै गएको छ।