मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
Invalid date format ११:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बानियाँलाई साथ दिन खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन्। मंगलबार (आज) मन्त्री खड्काले मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष राजीनामा बुझाएका हुन्। कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतविभाजन गर्ने अन्तिम समयमा मन्त्री पदबाट राजीनामा दिएका हुन्। 

अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेकाे बताए। यसअघि ०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा लामा र बानियाँबिचमा भएको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए। 

यससँगै बगमतीमा कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएका हुन्। यसअघि प्रदेशका सहकारीमन्त्री मदुकुमार श्रेष्ठ, पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए। पाँचजनै मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा कांग्रेसको ३७ सिट छ। अविश्वासको प्रस्तावमा बहुमत पुर्‍याउन बानियाँ समूह सक्रिय देखिएकाे छ।