
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक तोला सुनको कारोबार एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घट्दै प्रतितोला दुई हजार २९० रुपैयाँ कायम भएको छ ।